[t4b-ticker]

नेपालमा केही गर्न सकिन्छ भन्ने आशा जगाउने गरी काम गर्नेछुः अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्रमा देखिएको शिथिलता चिर्न सरकारका नीतिहरु परिवर्तन नहुने तर काम गर्ने शैली भने परिवर्तन हुने बताएका छन्। राष्ट्रिय वाणिज्य बैंकले आज यहाँ आयोजना गरेको ‘आरबिबिएल म्यानेजमेन्ट कन्फ्रेन्स २०२४’ मा अर्थमन्त्री पुनले स्वदेशमा काम गर्ने वातावरण सृजना गर्ने गरी सरकारले काम गर्ने प्रतिबद्धता व्यक्त गरे। आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र […]

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले ले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँमाथि न्याय हुने बताएका छन् । प्रतिनिधिसभमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् । ‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ । त्यसैले […]

कर्णालीको पुलमाथि ट्रकमा लागेको आगलागी नियन्त्रणमा

कैलाली र बर्दिया जोड्ने कर्णाली नदीको पुलमाथि गुडिरहेको ट्रकमा लागेको आगो तीन घण्टापछि नियन्त्रणमा आएको छ । नेपालगञ्जबाट कञ्चनपुरतर्फ आउँदै गरेको लाइटर बोकेको ना ५ ख ५२९७ नम्बरको ट्रकमा कर्णाली पुल भएर अघि बढ्दा अचानक आगलागी भएको थियो । दमकल, सुरक्षाकर्मी, जनप्रतिनिधि र सर्वसाधारणको संयुक्त प्रयासमा आगो लगभग नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता […]

राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसका युवराज शर्माले गरे उम्मेदवारी दर्ता

राष्ट्रिय सभा अध्यक्षमा नारायण दाहाल र युवराज शर्माले उम्मेदवारी दर्ता गरेका छन् ।सत्ता गठबन्धनका उम्मेदवार दाहालको प्रस्तावमा माओवादीका गोपी सार्की अछामी र समर्थनमा एमालेका देवेन्द्र दाहाल, एकीकृत समाजवादीका वेदुराम भुसाल र जसपाका मोहम्मद खालिद छन् । यस्तै कांग्रेस उम्मेदवार शर्माको प्रस्तावकमा कांग्रेसका आनन्दप्रसाद ढुंगाना र समर्थनमा कांग्रेसका किरणबाबु श्रेष्ठ र लोकतान्त्रिक पार्टी (लोसपा)का शेखरकुमार सिंह […]

साइकल यात्रीलाई ठक्कर दिएको भन्दै बसमा आगजनी

सर्लाहीमा साइकल  यात्रुवाहक बसले एकजना साईकल यात्रीलाई ठक्कर दिँदा आक्रोशित स्थानीयले बसमा आगो लगाएर जलाएका छन्  । नवलपुर मलंगवा सडक खण्ड अन्तर्गत मलंगवा तर्फ जाँदै गरेको ग २ ख १४४० नम्बरको बसले आज बिहान साढे १० बजे साइकल यात्री कविलासी नगरपालिका १० सलेमपुरका स्थानीय जुगल महतोलाई ठक्कर दिएको हो । दुर्घटनामा परेका महतो गम्भीर घाईते भएका छन्। घटना लगतै स्थानीयले बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगजनी बाट बस पूर्णरुपमा क्षतिग्रस्त भएको छ।  साइकलमा […]

प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच बालुवाटारमा भेटवार्ता भएको छ। सोमबार बिहान प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्। उनीहरुबीच राष्ट्रिय सभा अध्यक्षको निर्वाचन र फागुन ३० गते संसदमा प्रधानमन्त्री लिन लागेको विश्वासको मतको विषयमा छलफल भएको बालुवाटार स्रोतले जनाएको छ। राष्ट्रियसभाको अध्यक्ष पदको निर्वाचनका लागि आज उम्मेदवारी […]

नेपालको कृषि क्षेत्रलाई आत्मनिर्भर बनाउने जिम्मेवारी महिलाको काँधमा ?

कृषि प्रधान देशका रुपमा चिनिएपनि पछिल्लो समयमा कृषि उत्पादनहरु सोचेजति उत्पादन गर्न सकिरहेको अवस्था छैन । पछिल्लो दशवर्षको तथ्यांक हेर्ने हो भने खाद्यान्नहरु आयात गर्ने क्रम बढ्दो रहेको छ ।

स्रोतकेन्द्र विस्तार गर्दै राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्र

दमौली । तनहुँको बन्दीपुर गाउँपालिकास्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले स्थानीय खरी प्रजातीका बाख्रा प्रबद्र्धनमा जोड दिँदै आएको छ । केन्द्रले नेपालको हावापानी अनुकूल, रोगसँग प्रतिरोधात्मक क्षमता बढी, बधुवा तथा चरिचरण गरी पाल्न सहज हुने भएकाले सो प्रजातिको बाख्रालाई प्राथमिकता दिएको हो । अनुसन्धान केन्द्रले खरी, बोयर, बारबारी, सिन्हान र सानन जातका बाख्रामा अनुसन्धान गर्दै आएको […]

गाईभैँसी पाल्ने किसानलाई अनुदान

गुल्मी । गुल्मीको ईस्मा गाउँपालिकाले किसानलाई व्यावसायिकरुपमा पशुपालनतर्फ आकर्षित गराउन उत्पादनमा आधारित अनुदान रकम दिन सुरु गरेको छ । पछिल्लो समय धेरै किसानको पशुपालनतर्फ कम रुचि देखाएकाले पालिकाले प्रोत्साहनस्वरुप गाईभैँसी पाल्ने किसानलाई अनुदान रकम उपलब्ध गराउन थालेकोे हो । पालिकाभित्र पाँच भन्दा धेरै दुहुना गाईभैँसी पाल्ने किसानलाई मासिक रुपमा रू १० हजार अनुदान उपलब्ध गराउने […]

वाँके पठाएको अनुदानको रासायनिक मल बाटोबाट गायव

काठमाडौं । किसानहरुलाई आवश्यक रासायनिक मल प्रशस्त उपलब्ध गराउने सोच सरकारले बनाएपछि खासै त्यसको प्रभावकारिता भने भएको देखिँदैन । विगतका वर्षहरु भन्दा यस वर्ष रासायनिक मलको समस्या नदेखिएको भएपनि किसानहरुले सहज रुपमा मल पाएको भन्ने भने होइन । सरकाले किसानका लागि अनुदानमा उपलब्ध गराउँदै आईरहेको रासायनिक किसानसम्म नपुगि बाटोबाटै हरायो भन्दा अचम्म पनि लाग्न सक्छ […]