[t4b-ticker]

प्रचण्डलाई इतिहासले सदा सम्झनेछ : वाग्ले

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले ले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँमाथि न्याय हुने बताएका छन् ।

-------------- बिज्ञापन ---------------

प्रतिनिधिसभमा प्रधानमन्त्रीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै वाग्लेले यस्तो बताएका हुन् ।

‘ब्याज खाएर होइन, कुर्सी ओगटेर होइन, कामै गरेर प्रधानमन्त्रीज्यूको आफ्नो लेगेसीलाई फराकिलो बनाउने प्रयासमा रास्वपाले जोखिम मोलेरै साथ दिएको छ । त्यसैले प्रधानमन्त्रीको बेचैनीको जरैसम्म पुग्न खोज्यौँ भने मात्र उहाँलाई न्याय हुन्छ ।’

उनले सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तीकरण र समावेशी समाजको जग निर्माणमा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झिरहने बताए ।

‘सशस्त्रद्वन्द्वको विधि प्रति मेरो विमति थियो र छ । तर, यो देशका सीमान्तकृत समुदायको राजनीतिक जागरण, सचेतना, सशक्तिकरण र समावेशी समाजको जग निर्माणमा हाम्रा वर्तमान प्रधानमन्त्रीलाई इतिहासले सम्झनेछ,’ उनले भने ।

प्रधानमन्त्री जीवनको उत्तराद्र्धमा आफ्नो ‘लेगेसी’बारे बढी चिन्तित रहेको पनि चर्चा गरे । ‘एउटा औषत नेताले त छविको चिन्ता गर्छ, म केका लागि चिनिन चाहन्छु भन्ने राजनीतिको अहं प्रश्न हुन्छ । संघर्षपूर्ण राजनीतिबाट उदाएको नेताले त जीवनको उत्तराद्र्धमा आफ्नो लेगेसीको बारेमा खोजी गर्छ, विचार पुर्याउँछ । प्रधानमन्त्री त्यसैमा बढी चिन्तित देखिनुभएकोले हामीले साथ दिएका हौँ ।’

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु