[t4b-ticker]

७७ लाखको भन्सार छलीको सामान सहित एक नियन्त्रणमा

मकवानपुरको मनहरीबाट करिब ७७ लाख रुपैयाँ बराबरको भन्सार छलीको सामानसहित एकजना पक्राउ परेका छन् । विभिन्न किसिमका कपडा, इलोक्ट्रोनिक्स र मोबाइलसहित प्रहरीले एकजनालाई पक्रेको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मनहरीमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेशको बी एमी ४३७० नम्वरको गाडी चेकिङको क्रममा भन्सार छलीको सामान फेला परेको हो ।

-------------- बिज्ञापन ---------------

गाडीबाट बिलबिजक नभएका विभिन्न साडी, कुर्था सुरुवाल, टिसर्ट, पाईन्ट, जुत्तालगायतका कपडा २ हजार ७४४ थान र सामसुङग, भिभो, आइटेल, रेड्मीलगायत कम्पनीका ८२ थान मोबाइल फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । सबै सामानको बजार मूल्य करिब ७७ लाख रुपैयाँ रहेको उनले बताए । प्रहरीले उक्त सामान ल्याएका गाडी चालक उदयपुरको त्रियुगा नगरपालिका १३ बस्ने २८ वर्षका राजकुमार चौधरीलाई समेत नियन्त्रणमा लिएको छ ।

सामान, गाडी चालक र गाडीलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु