शेयर बजार लगातार ओरालो

काठमाण्डौ – शेयर बजार लगातार आज पाँचौँ दिन पनि ओरालो लागेको छ । आइतवारदेखि ओरालो लागिरहेको शेयर बजार परिसूचक नेप्से आज दुई दशमलव ७३ अङ्कले घटेर दुई हजार चार दशमलव शून्य पाँच विन्दुमा पुगेको छ ।

-------------- बिज्ञापन ---------------

फाइनान्स, होटल तथा पर्यटन, माइक्रोफाइनान्स, निर्जीवन र व्यापारबाहेक सबै समूहको शेयर बजार ओरालो लागेको छ । आज उत्पादन तथा प्रशोधन समूहको शेयर सबैभन्दा धेरै एक सय १० अङ्कले ओरालो लागेको छ ।

आज पिपुल्स पावर कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले घटेको छ भने समग्रमा बजार घटेको दिन मानुषी लघुवित्त र मनकामना स्मार्ट लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै