सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो राजीनामा दिनुभएको हो । उहाँले प्रदेश प्रमुख नजिर मियाँलाई राजीनामा बुझाउनुभएको हो । मुख्यमन्त्री शाहले हिजो प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गर्नुभएको थियो । तर, विश्वासको मत पाउने अवस्था नभएपछि उहाँले राजीनामा दिनुभएको हो ।
-------------- बिज्ञापन ---------------
केन्द्रमा भएको सत्तासमीकरण फेरबदलसँगै नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाह अल्पमतमा पर्नुभएको थियो । मुख्यमन्त्री शाहले आफ्नो पार्टी कांग्रेसका १८, नागरिक उन्मुक्तिका सात, राप्रपाका एक र एक स्वतन्त्र सांसदको समर्थनमा बहुमतका लागि आवश्यक २७ सिट पुर्याउने कसरत गर्नुभएको थियो