नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आउदो २०८१ सालको पुस मसान्त भित्र गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको संघको केन्द्रीय समितिकोे बैठकले यस्तो निर्णय गरेको हो ।
-------------- बिज्ञापन ---------------
एक महिनाभित्र कार्यसम्पादन समिति गठन गर्ने निर्णय गरिएको छ । कार्यसम्पादन समितिमा केन्द्रीय समितिको १० प्रतिशत सदस्य हुने निर्णय संघले गरेको छ । संघमा तदर्थ समिति ७५२ जनाको छ । बैठकले विधान संशोधन एवं परिमार्जन गर्न विधान समिति गठन गर्ने निर्णय गरिएको छ ।
विधान अनुसार प्रत्येक २ वर्षमा संघको अधिवेशन हुनुपर्दछ । तर २०७२ सालमा निर्वाचित भएका नैनसिंह महर पछि संघले अधिवेशन गर्न सकेको छैन । त्यस यता, दुईवटा तदर्थ समिति बनिसकेको छ ।