आज भएको फाइनल खेलमामा नेपालले गुजरातलाई १८ रनले हराउँदै उपाधि जितेको हो । टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । १७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १५८ रन मात्रै बनाउन सकेको थियो । नेपालका कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ तथा कुशल मल्लले ३१ रन बनाए भने अभिनाश बोहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले १र१ विकेट लिए ।
-------------- बिज्ञापन ---------------
एसीसी प्रिमियर कप तथा टी ट्वान्टी विश्वकपको तयारी स्वरुप नेपाली टोलीले भारतमा बरोडा र गुजरातसँग त्रिकोणात्मक शृंखला खेलेको हो । शृंखलामा नेपालले एक खेलबाहेक सबै खेल जितेको थियो ।