भोली मंगलबारबाट हेटौंडा–काठमाडौँ जोड्ने छोटो दुरीको मार्ग अन्तर्गत कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड बन्द हुने भएको छ । मकवानपुर हुँदै काठमाडौँ जोड्ने कुलेखानी–फाखेल–फर्पिङ सडकको फर्पिङ–टल्कु–हुमाने सडक खण्ड अन्तर्गत लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको भागमा कालोपत्रे गर्नका लागि कुलेखानी–फाखेल–फर्पिङ सडक बन्द गर्न लागिएको हो । दक्षिणकाली नगरपालिकाले कुलेखानी–फाखेल–फर्पिङ सडकको लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको ३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्य मंगलबारबाट सुरु गर्न लागेको जनाएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन ज्ञवालीले लामा गाउँदेखि टल्कु बोसिन्डोलसम्मको सडक कालोपत्रेको क्रममा अर्को सूचना नभएसम्मका लागि सडक बन्द गरिएको जानकारी दिए ।
-------------- बिज्ञापन ---------------
प्रशासकीय अधिकृत ज्ञवालीले सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मको लागि यस सडक भएर गुड्ने सवारी साधनहरू वैकल्पिक सडक प्रयोग गर्न आग्रह गरेका छन् ।