बिल विजक नभएको दुईसय वटा चल्लालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हेटौंडा १५ रातोमाटे चेकपोष्टबाट वीरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको ग १ ख ५८९६ नम्बरको बसबाट चल्ला नियन्त्रणमा लिएको हो । बसको पछाडीको सामान राख्ने डिक्कीमा ल्याएको चल्लालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
-------------- बिज्ञापन ---------------
चल्लाको भेटनरी र बिल विजक नभएकोले नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीले नियन्त्रणमा लिएको चल्लालाई पशु सेवा कार्यालय मकवानपुरमा बुझाएएर बसलाई भने त्यतिकै छोडिदिएको छ । पशु सेवा कार्यालयले उक्त चल्ला नष्ट गरेको बताएको छ ।