काठमाडौं – राप्रपाको काठमाडाैं केन्द्रित प्रदर्शनमा प्रहरीले पानीको फोहोरा हानेको छ । गणतन्त्र खारेज गर्नुपर्ने, राजासहितको शासन व्यवस्था हुनुपर्ने, धर्मनिरपेक्षता खारेज जस्ता नारा लगाउदै ४० बुँदे माग राखेर आन्दोलनमा उत्रिएको थियाे ।
-------------- बिज्ञापन ---------------
सिंहदरबार तर्फ अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको हाे । प्रदर्शनकारिले प्रहरीलाई ढुंगा र इँटा हानेपछि प्रहरीले केही प्रदर्शनकारिलाई लाठी प्रहार गरेको थियाे ।