हेटाैंडा- मकवानपुरको मनहरी गाउँपालिका २ ठाडोखोलामा बिग्रेर राखेको अवस्थाको स्काभेटरमा आगलागी भएको छ । ठाडोखोला स्थित बगरमा रहेको ना १ क ९८७२ नम्बरको स्काभेटरमा आगलागी भएको हो । उक्त स्काभेटर विगत एक महिनादेखि बिग्रिएर बसेको प्रहरीले जानकारी दिएको छ । आगलागीको घटना जानकारी हुने वित्तिकै ईलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको थियो । राती कतिबेला आगलागी भयो भन्ने खुल्न नसकेको बताइएको छ । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान प्रक्रिया अघि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
-------------- बिज्ञापन ---------------