फोहोर डढाउँदा घर जलेर नष्ट

हेटाैंडा- मकवानपुरको राक्सिराङ गाउँपालिका १ खचनामा फोहोर डढाउने क्रममा सल्किएको आगोले एउटा घर जलेर नष्ट भएको छ । स्थानीय दिलबहादुर चेपाङले घर नजिकै घाँसपात तथा फोहोर जलाउने क्रममा सल्किएको आगोले घर जलेर नष्ट भएको हो । उनको खरले छाएको काठको एक तले कच्ची घर जलेर पूर्ण रुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । चेपाङ आफैंले घर नजिकै रहेको घाँसपात तथा फोहोर जलाउने क्रममा एक्कासी घरमा आगो सल्किएर आगलागी हुदाँ घर पूर्ण रुपमा जलेर लत्ताकपडा, भाँडावर्तन लगायतको जिन्सी सामान क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै