हेटाैडा- नेकपा (एकीकृत समाजवादी) मकवानपुरको आगामी वैशाख १५ र १६ मा हुन लागेको जिल्ला अधिवेशनका लागि आवश्यक तयारीलाई तिब्रता दिइएको छ ।
-------------- बिज्ञापन ---------------
हेटौंडास्थित रोयल पार्टी प्लालेशमा विहान ११ बजेबाट सुरु हुने अधिवेशनको एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले उद्घाटन गर्ने तयारी छ । अधिवेशनले पार्टी मकवानपुरका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
बुधबार पार्टी मकवानपुरका अध्यक्ष विष्णु प्रसाद दाहालको अध्यक्षतामा बसेको जिल्ला कमिटी मकवानपुरको बैठकले अधिवेशन सफलतापूवर्क सम्पन्न गर्न विभिन्न उप समितीहरु गठन गर्ने निर्णय गरेको छ ।