एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले दोश्रो जित हासिल गर्न सफल भएको छ । आज नेपलले कतारलाई ३२ रनले हराएको हो । नेपालले दिएको दुई सय ११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा नौ विकेट गुमाएर एक सय ७८ रन मात्र बनाउन सक्यो ।
दिपेन्द्रले २० औं ओभरमा छ वटा छक्का प्रहार गर्दै २१ बलमा ६४ रन बनाए । यस्तै आशिफ शेषले ५२ र कुशल मल्लले ३५ रनको योगदान गरे । ओमानका हिमान्सु राथोड र मुसवार साहले सामान तीन विकेट लिए ।
-------------- बिज्ञापन ---------------
यो जितसँगै नेपाल दुई खेलबाट चार अंक बटुल्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । अब नेपालले पर्सि सोमवार हङकङसँग र वैशाख ४ गते बुधवार समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग खेल्नेछ ।