मकवानपुरको मनहरी गाउँपालिकामा गैंडाको आक्रमणबाट एकजना गम्भीर घाइते भएका छन् । गैंडाको आक्रमणबाट मनहरी ७ का ३२ वर्षीय रमेश बोटे घाइते भएका छन् ।
-------------- बिज्ञापन ---------------
आफ्नै खेतमा पानी लगाउन गएको अवस्थामा गैंडाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । गैंडाको आक्रमणबाट घाइते बोटेको उपचारको लागि मनहरी अस्पताल लगिएको थियो । मनहरी अस्पतालमा उपचार हुन नसकेपछी भरतपुर अस्पतालमा रिफर गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
गैंडाको आक्रमणबाट उनको ढाड र अनुहारमा चोट लागेको छ । मनहरी क्षेत्रमा गैंडा, हात्ति लगायतको जंगली जनावरले दुःख दिने गरेको छ । गैंडा मनहरी क्षेत्रमै रहेकोले सतर्कता अपनाउन स्थानीयलाई प्रहरीले अनुरोध गरेको छ ।