मकवानपुर- नेपाली कांग्रेस मकवानपुरको आयोजनामा आज मंगलबारबाट जिल्ला स्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम सुरु भएको छ । ४ र ५ गते गरि २ दिन सम्म सञ्चालन हुने प्रशिक्षक–प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेश सभाका सदस्य माननिय इन्द्रबहादुर बानियाँले व्यानर पढेर उद्यघाटन गरेका थिए ।
-------------- बिज्ञापन ---------------

प्रशिक्षणा कार्यक्रमलाई सम्बोधन गर्दै सभापति बानियाँँले अब पार्टीभित्र शुद्धीकरणमा जोड दिनुपर्ने बताए । पार्टीभित्र आन्तरिक प्रतिस्पर्धा स्वाभाविक रूपमा हुने भए पनि त्यसलाई जित र हारको रूपमा लिन नहुने उनको भनाइ थियो । उनले सिंगो पार्टी एकढिक्का भएर संगठन निर्माण गर्दै जनतासँग दरिलो सम्बन्ध स्थापनाका लागि क्रियाशील हुन निर्देशन दिए ।

जिल्ला स्तरीय प्रशिक्षक–प्रशिक्षण कार्यक्रम मकवानपुरका पार्टी सभापति बुद्ध लामको सभाध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रशिक्षक डा. शंकर तिवारी, मकवानपुरका पूर्व पार्टी सभापति रघुरमण न्यौपाने लगाएतले बोलेका थिए । कार्यक्रममा प्रशिक्षकहरु डा. गोविन्द पोखरेल, डा. डा. सुरेश आचार्य, राजु नेपाल, पार्टी मकवानपुरका पार्टी सभापति रामचन्द्र अर्याल माइकल लगाएत पार्टीका विभिन्न तहका नेता तथा भातृ र सुभेच्छुक संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
