[t4b-ticker]

एसिसी प्रिमियर कप टी २० क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित

एसिसी प्रिमियर कप टी २० क्रिकेट प्रतियोगितामा बुधबार साउदी अरबलाई ६ विकेटले पराजित गरेको छ । यसअघि नेपालले समूहमा मलेसिया, कतार र हङकङलाई पराजित गरेको थियो । ओमानको अल अमरतखेल मैदानमा भएको खेलमा साउदीले दिएको ७४ रनको लक्ष्य नेपालले ४ बल खेल्न बाँकी छदा ४ विकेट गुमाएर पार गर्‍यो। नेपालका लागि गुल्सन झाले नटआउट ३२ रन बनाए । उनले १९ बलमा २ चौका र २ छक्का प्रहार गरे । कप्तान रोहितकुमार पौडेलले ७ बलमा १ चौका र १ छक्काको मद्दतमा नटआउट १६ रन बनाए ।

-------------- बिज्ञापन ---------------

त्यसअघि ओपनरद्वय कुशल भुर्तेल शून्य र आसिफ शेख २ रनमा आउट भए । कुशल मल्ल २ रनमै आउट भएका थिए । दीपेन्द्रसिंह ऐरीले ९ बलमा ३ चौका प्रहार गर्दै १७ रन जोडे । नेपालसँग पराजित भएपछि साउदी भने बाहिरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु