आगलागी पिडितलाई उपमहानगरको सहयोग

मकवानपुर – आगलागीका कारण घर पूर्ण रुपमा क्षति भएका हेटौंडा ६ रामनगरका आत्मलाल चौलागाईलाई हेटौंडा उपमहानगरपालिकाले खाद्यान्न सहयोग गरेको छ । मंगलबार विद्युतको तार सट भई चौलागाईको घर पूर्ण रुपमा क्षति भएको थियो ।

-------------- बिज्ञापन ---------------

बुधबार हेटौंडा उपमहानगपालिकाका उपप्रमुख राजेश बानियाँ खाद्यान्न सामग्री सहित आगलागी पिडित चौलागाईको घरमा पुगेका थिए । आगोले पूर्ण रुपमा क्षति भएको घरको निरीक्षण गर्दै उपप्रमुख बानियाँले क्षति भएको घरको पुनर्निमाणमा उपमहानगरपालिकाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

उपप्रमुख बानियाँले चामल, दाल, नुन, तेल, चिउरा, चिनी, साबुन सहयोग गरेका हुन् । राहत हस्तान्तरण गर्न हेटौंडा–६ का वडा अध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल पिडित चौलागाईको घरमा पुगेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित