नेकपा (एस) मकवानपुर अधिवेशनको तयारी तीव्र

नेकपा (एकीकृत समाजवादी) मकवानपुरको अधिवेशनको तयारी तीव्र पारिएको छ । यही वैशाख १५ र १६ गते हुन लागेको जिल्ला अधिवेशनको तयारी तीव्र पारिएको पार्टीले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

-------------- बिज्ञापन ---------------

हेटौंडास्थित रोयल पार्टी प्यालेसमा हुने अधिवेशनको एकीकृत समाजवादीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्ने तयारी रहेको छ ।

‘नेकपा एमालेसँग विभाजन भएर नेकपा एकीकृत समाजवादी बनेपछि पहिलो पटक जिल्ला सम्मेलन हुन लागेको हो । पार्टीका केन्द्रीय अध्यक्ष एवम् पूर्व प्रधानमन्त्रीबाट उद्घाटन हुने सम्मेलनलाई सभ्य र भव्य बनाउन लागिपरेका छौं’, पार्टीका मकवानपुर अध्यक्ष विष्णुप्रसाद दाहालले भने,  याे नवौं जिल्ला सम्मेलन भनेको छ, अधिवेशनले नयाँ जिल्ला कार्यसमिति चयन गर्नेछ ।

अधिवेशनको उद्घाटनमा पार्टीका पदाधिकारी, पूर्व मन्त्री लगायत हेटौंडा आउने बताइएको छ । जिल्लाका नेता तथा पदाधिकारीहरु मकवानपुरको अधिवेशनको तयारीमा एकढिक्का भएर लागेका छन् । पत्रकार सम्मेलनमा पार्टी जिल्ला सचिव धु्रव भुजेल, उपमहासचिव किशोर टण्डन, सचिवालय सदस्य माधब तिमल्सिना लगायतको उपस्थिति थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने