-------------- बिज्ञापन ---------------
काठमाडौँ —कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी नेपालको दुई दिने राजकीय भ्रमणमा मङगलबार अपरान्ह नेपाल आइपुगेका छन। उनलाई राष्ट्रपति रामचन्द्र पाैडेलले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए । स्वागत लगतै सिधै राष्ट्रपति भवन शीतल निवास गएका छन । द्विपक्षीय भेटमा आपसी हित बारेमा छलफल हुने जनाईएकाे छ ।
भेटवार्तामा उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, उर्जा तथा जलस्रोत मन्त्री शक्ति वस्नेत, परराष्ट्र सचिव सेवा लम्साल, राष्ट्रपति कार्यालयका सचिव डिल्लीराम शर्मा, प्रमुख स्वकीय सचिवसहित राष्ट्रपतिका विज्ञ एवम् सल्लाहकार सहभागी छन् । भेटघाटमा कतारको उच्च प्रतिनिधिमण्डल समेत सहभागि छ ।