काठमाण्डौ – कतारका राजा स्वदेश फर्केका छन् । उनी दुई दिने नेपाल भ्रमण पूरा गरेर आज स्वदेश फर्किएका हुन् ।
-------------- बिज्ञापन ---------------
कतारका अमिरलाई बिदाइ गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, उपप्रधान एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र मन्त्रिपरिषद्का सदस्यलगायत उच्चपदस्थ अधिकारी, नेपालमा रहेका कुटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि विमानस्थल पुगेका थिए । उहाँलाई नेपाली सेनाको एक टुकडीले २१ तोपको सलामीसहित सम्मान गारत अर्पण गरेको थियो ।
आज बिहान प्रधानमन्त्री प्रचण्ड र कतारका अमिर थानीबीच भेटवार्ता भएको थियो । भेटवार्तापछि दुवै देशका प्रतिनिधिमण्डलले विभिन्न आठ वटा क्षेत्रमा सहकार्य गर्न समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।