खोलामा डुबेर मनहरीका थापाको मृत्यु

खोलामा नुहाउने क्रममा स्थानीय एक व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका ७ मनहरी माथिल्लो बजारका शेखर थापा रहेका छन् ।

-------------- बिज्ञापन ---------------

मनहरी खोलामा नुहाउने क्रममा पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतकको शव मुचुल्का पश्चात पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा लगिएको प्रहरीले बताएको छ ।

मनहरी खोलामा ढुंगा, गिटी, वालुवा उत्खनन् हुँदा जमेको पानीमा डुबेर मृत्यु भएको मृतकको आफन्तको आरोप रहेको छ ।

मनहरी खोलामा पछिल्लो समय ट्याक्टर व्यवसायीले अवैध तरिकाले ढुंगा, गिटी, वालुवको उत्खनन् र ओसारपसार भैरहेको स्थानीयको आरोप छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने