सिमलटारका विद्यार्थीलाई कम्प्युटर तालिम

हेटौंडा ११ सिमलटारमा रहेको विपन्न वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सिमलटारका दशजोड दुई र सो भन्दा माथिका विद्यार्थीलाई कम्प्युटर सम्बन्धि आधारभुत तालिमको आयोजना गरेको छ ।

-------------- बिज्ञापन ---------------

चिनीमाया प्रतिष्ठानको सहयोगमा सञ्चालन गरिएको तालिमलाई हेटौंडा ११ नम्बर वडा अध्यक्ष जुना दाहालले उद्घाटन गरेकी हुन् । प्रतिष्ठान एवम् सहकारीका अध्यक्ष कमलचन्द्र सुमनको अध्यक्षतामा कार्यक्रम भएको हो ।

वडा अध्यक्ष दाहालले तालिमको महत्वबारे जानकारी दिँदै सीप सिकेर दक्ष बन्न आग्रह गरिन् । सीप हुने युवालाई नेपालमै अवसर रहेको बताउँदै उनले तालिमबाट सिकेको सीपलाई व्यवहारमा उतार्न अनुरोध गरिन् ।

कार्यक्रममा त्रिभुवन मा.बि.व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण बस्नेत, आयोजक संस्थाका सहसचिव पिमिसरा दर्लामी मगर, कोषाध्यक्ष लक्ष्मी भण्डारी, तालीम प्रशिक्षक सुदिप भुर्तेल लगायतको आतिथ्यता रहेको थियो । तालिमका लागि हेटौंडाका ब्यवसायी तथा सामाजिक ब्यक्तित्व ज्योतिरत्न बज्राचार्य, माभेन कन्सल्टेन्सी, नमस्कार साप्ताहिक, विपन्न बचत तथा ऋण सहकारी संस्थाले कम्प्युटर सहयोग गरेको बताइएको छ । तालिममा २० जना प्रशिक्षार्थी सहभागी रहेका छन्

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै