आजबाट कक्षा १२ को परिक्षा सञ्चालन हुँदै

मकवानपुर– आजबाट कक्षा १२ को परिक्षा सञ्चालन भएको छ । देशै भर एक साथ सुरु भएको परिक्षामा मकवानपुरबाट ७ हजार भन्दा बढिले सहभागिता जनाउदै छन । आजबाट सञ्चालन हुने कक्षा १२ को परीक्षामा मकवानपुर जिल्लाबाट १९ वटा परिक्षा केन्द्रबाट ७ हजार ६ सय ९०जना विद्यार्थीहरुले सहभागी जनाउने राष्ट्रिय परीक्षा बोर्डको कार्यालय हेटौंडाले जनाएको छ ।
देशभर एक हजार पाँच सय २५ परीक्षा केन्द्रबाट ४ लाख ९१ हजार ४ सय ९७ जना विद्यार्थीहरुले सहभागी जनाउदै छन ।
त्यसैगरी जापानबाट पनि परिक्षा दिने व्यवस्था मिलाईएको छ । जापानमा १ परिक्षा केन्द्रबाट ३२ जना परिक्षार्थीहरुले सहभागीता जनाउदै छन ।
परिक्षाको प्रश्नपत्र देशैभर इमेलबाट पठाइएको छ । इमेलबाट पठाईएको प्रश्नपत्र एक सुरक्षाकर्मीको अनिवार्य उपस्थितिमा केन्द्राध्यक्ष तथा सहायक केन्द्राध्यक्षको रोहबरमा मात्र प्रश्नपत्र डाउनलोड गरिनुपर्ने व्यवस्था सहित टाइम पासवर्डको व्यवस्था मिलाई पठाईएको हो ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै