मकवानपुरका महिला साहित्यकारहरुको संस्था आँचल साहित्य कलापुञ्ज मकवानपुरले विभिन्न विधाका ९ स्रष्टालाई सम्मान गरेको छ । शनिबार हेटौँडामा एक समारोहका बीच स्रष्टाहरुलाई नगद सहित सम्मान गरिएको हो ।
-------------- बिज्ञापन ---------------
नवप्रतिभा सम्मानबाट स्वस्तिका बानियाँ, ईश्वर लम्साल स्मृति पत्रकारिता पुरस्कारबाट सरिता शशी, तुलसीमाया श्रेष्ठ युवा प्रतिभा पुरस्कारबाट दीपक गौतम, प्रतिभा धिताल छन्द सम्मानबाट नुवाकोटकी सुमित्रा सुमी, टीकादत्त–मायादेवी–कुलकुमारी साहित्य सम्मानबाट पोखराकी प्रभा बराल, अप्सरा तिमल्सिना स्मृति साहित्य सम्मानबाट डा. नेत्र एटम सम्मानित हुनुभएको छ । यस्तै आँचल सम्मान–२०८० बाट हरिवंश भेटुवाल, बालकुमारी–जगन्नाथ भेटुवाल स्मृति साहित्य सम्माबाट रेनुका जिसी र मंगलादेवी श्रेष्ठ बाल प्रतिभा सम्मानबाट प्रसिद्धी लामिछाने सम्मानित हुनुभएको छ ।
आँचलकी अध्यक्ष भावना सापकोटाको अध्यक्षता तथा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको प्रमुख आतिथ्यमा सम्मान समारोह भएको हो ।