[t4b-ticker]

दुई विद्यालयलाई फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण

२ विद्यालयमा फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण
सामुदायिक महिला विकास केन्द्रको आयोजनामा मकवानपुरको दुई विद्यालयमा सरसफाई तथा कुहिने र नकुहिने फोहोर व्यवस्थापन सामग्री हस्तान्तरण भएको छ । खानेपानी सरसफाइ डिभिजन नम्बर १ मकवानपुरको सहयोगमा मकवानपुरगढी गाउँपालिका ५ मा रहेको शारदा मावि र बकैया ७ भिरकोटमा रहेको जनक माविमा कार्यक्रम भएको हो ।

-------------- बिज्ञापन ---------------

सचेतनासहित समुदाय तहमा स्वच्छ र सुरक्षित खानेपानी सम्बन्धि तालिम समेत प्रदान गरिएको थियो । दुवै विद्यालयलाई सरसफाइ तथा कुहिने र नकुहिने फोहर व्यवस्थापन सामग्री समेत सहयोग गरिएको थियो ।

संस्थाका सचिव निलम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यता रहेको थियो ।

प्रमुख अतिथि डिनाले सरसफाई र खानेपानीमा ध्यान नदिँदा ग्रामीण क्षेत्रमा धेरै सर्वसाधारण विभिन्न रोगको संक्रमणमा पर्ने गरेको भन्दै यसतर्फ ध्यान दिन अनुरोध गरिन् । ‘गर्मी बढ्दो छ । गर्मीमा यसैपनि विभिन्न रोगले आक्रमण गर्दछ, यो समयमा खानेपानी र सरसफाईमा विशेष ध्यान दिन जरुरी छ’, कांग्रेस सहमहामन्त्री डिनाले भनिन्, ‘विद्यालयस्तरमा यस्ता कार्यक्रम गर्दा सचेतना अभियानमा पक्कै टेवा पुग्ने विश्वास लिएका छौं ।’

मकवानपुरगढीमा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य लक्ष्मीदेवी श्रेष्ठ, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे स्याङ्तान, वडा अध्यक्ष दिपेश दाहाल, प्रधानाध्यापक ईन्द्र कार्की, कांग्रेसका नेताहरु आनन्दराम पराजुली, यतिराज सापकोटा, प्रमिला खतिवडा, ईश्वर पण्डित, भीम लामा, उत्सव ईटेनी, संजय श्रेष्ठ, खानेपानी तथा सरसफाइ डिभिजन नम्बर १ का अधिकृत सुभद्रा रेग्मी, प्रशिक्षक प्रल्हाद तिमल्सिना, संस्थाका सदस्य ईश्वरी शिल्पकार, अमृता थापालगायतको आतिथ्यता रहेको थियो ।

यस्तै बकैयामा भएको कार्यक्रममा कांग्रेस नेताहरु दामोदर खनाल, मिठाराम दाहाल, सुनिल अधिकारी, राजन घिमिरे, रामशरण माझीलगायत उपस्थित थिए । आगामी दिनमा मकवानपुरका अन्य विद्यालयमा समेत सामग्री सहयोग र तालिमको आयोजना गरिने सामुदायिक महिला विकास केन्द्रका सचिव निलम देवकोटाले जानकारी दिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु