नागस्वती युवा क्लबले स्थानीय संस्कृति प्रवद्र्धन तथा कृषि प्रदर्शनी मेलाकाे आयोजना

यही बैशाख १९ गतेबाट हेटौंडा ७ नागस्वतीमा ११ दिने संस्कृति प्रवद्र्धन मेला सञ्चालन हुने भएको छ । नागस्वती युवा क्लवको आयोजनामा यही १९ देखि ३० गतेसम्म हेटौंडा ७ बेलीब्रिज स्थित नागस्वतीमा संस्कृति प्रवद्र्धन मेलाको आयोजना गर्न लागिएको आयोजकले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको छ ।

-------------- बिज्ञापन ---------------

नागस्वती युवा क्लबले स्थानीय संस्कृति प्रवद्र्धन तथा कृषि प्रदर्शनी गर्ने उद्देश्यले मेलाको आयोजना गर्न लागेको जानकारी दिएको हो । हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले मेलाको उद्घाटन गर्ने आयोजकले जनाएको छ ।

मेलामा मकवानपुर जिल्लाका विभिन्न स्थानबाट कृषि प्रदर्शनीहरू राखिने र स्थानीय कृषकहरूलाई प्रोत्साहन गर्नका लागि विशेष कार्यक्रमहरू समावेश गरिने आयोजकले जनाएको छ ।

मेला अवधिभर राष्ट्रिय चर्चित कलाकार धुर्मुस सुन्तली, प्रताप दास, प्रिती आले, शान्तिश्री परियार, प्रमोद खरेल लगायतको प्रस्तुती रहने आयोजकले जनाएको छ । मेलामा स्थानीय संस्कृतिसँग सम्बन्धित विविध कला, संगीत र नाचका कार्यक्रमहरू रहनेछ । पहिलो र दोस्रो दिन निःशुल्क प्रवेश रहने मेलामा अन्य दिनहरूमा भने शुल्क लिइने क्लबले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने