बझाङ प्रदेश सभा १ मा भएको उपनिर्वाचनबाट नेकपा एमालेका दमन भण्डारी विजयी हुनुभएको छ । शनिबार भएको उप निर्वाचनबाट भण्डारी ११ हजार ६१२ मतसहित भण्डारी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गर्नुभयो ।
-------------- बिज्ञापन ---------------
यसैगरी नेकपा माओवादी केन्द्रका जनक बुढाले ३ हजार ८३१ मतसहित तेस्रो हुनुभयो । एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५१४ मत ल्याएर चाैथाे स्थानमा रहनुभयाे ।