आज लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दै

आज इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा लखनउ सुपर जाइन्ट्स र मुम्बई इन्डियन्स खेल्दैछन् । लखनउमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । लखनउ नौ खेलमा पाँच खेल जितेर १० अङ्कसहित तालिकाको पाँचौं स्थानमा छ भने नौ वटै खेल खेलेको मुम्बई भने तीन वटा मात्रै खेल जितेर नवौँ स्थानमा छ ।

-------------- बिज्ञापन ---------------

आइपीएलमा गएराति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली क्यापिटल्सलाई सात विकेटले हराएको छ । एक सय ५४ रनको लक्ष्य कोलकाताले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ५३ रन बनाएको थियो ।

९ खेलमा ६ खेल जितेको कोलकाता १२ अङ्कसहित दोस्रो स्थानमा छ । ११ खेल खेलेको दिल्ली १० अङ्कसहित छैटौँ स्थानमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै