यामाहाको पूर्व पश्चिम यात्रा अन्तर्गत हेटौंडामा मोटरसाइकल ¥यालीको आयोजना भएको छ । यामाहाको मकवानपुरका लागि आधिकारिक विक्रेता राज मोटर्सले मोटरसाइकल ¥यालीको आयोजना गरेको हो । हेटौंडा यामाहा स्वरुमबाट सुरु भएको ¥याली बैंकरोड, स्कुलरोड, कान्तिराजपथ, बुद्ध चोक, राप्तिरोड हुँदै नारायाणगढ सम्मको ¥याली गरिएको स्वरुमका सञ्चालक राजन श्रेष्ठले जानकारी दिए ।
-------------- बिज्ञापन ---------------
¥यालीमा करिब ५० वटा यामाहा मोटरसाइकल तथा र स्कुटरको सहभागिता रहेको थियो । ¥याली पश्चात भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ता अग्रवालको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथि अग्रवालले धेरै युवाहरुको मन जित्न सफल यामाहा मोटरसाइकलले ग्राहकको अपेक्षालाई ध्यानमा राखेर काम गर्न सुझाव दिए ।
यो कुनै प्रतियोगिता नभई व्यवसाय प्रबद्धन गर्ने उद्देश्यका साथ पूर्ण ट्राफिक नियमको पालना गरी ¥याली गरिएको श्रेष्ठले बताए । ‘नेपालमा यामाहाले करिब १५ वर्षदेखि आफ्नो सेवा प्रदान गरिरहेको छ । युवाहरुको मागलाई ध्यानमा राख्दै विभिन्न मोडलमा मोटरसाइकल तथा स्कुटरको विक्री गर्दै आएको छ’, राज मोटर्सका सञ्चालक श्रेष्ठले भने, ‘यामाहाको एफआई टेक्नोजोलीको दुईपांग्रे सवारीले युवाहरुको मन जित्न सफल भएको हो ।’
मेचिदेखी नै ¥यालीको नेतृत्व गर्दै आएका अर्जित महर्जनले ¥यालीको नेत्तत्व गरेका थिए । नारायणगढ पुगेपछि गायक प्रताप दासले सहभागीलाई सांगीतिक प्रश्तुती मार्फत मनोरञ्जन प्रदान गरेका थिए ।