भारतमा राम्रो काम लगाइदिने भन्दै ठगीको आरोपमा एकजना पक्राउ

मकवानपुर –  भारतमा राम्रो काम लगाइदिने भन्दै सर्वसाधारणसँग रकम ठगी गरेको आरोपमा मकवानपुर प्रहरीले एकजनालाई पक्रेको छ । पक्राउ पर्नेमा बझाङको छविसपाथीभेरा गाउँपालिका ४ का २५ वर्षका सन्तोष थापा रहेका छन् ।

-------------- बिज्ञापन ---------------

उनले भारतमा राम्रो काम लगाइदिने भन्दै मकवानपुरको बकैया गाउँपालिका ५ का २६ वर्षका सुरेश थिङसँग २ लाख ४ हजार २८९ रुपैयाँ र चितवनको राप्ती नगरपालिका ४ भण्डाराका २९ वर्षका रोशन घिमिरेसँग एकलाख ९२ हजार गरी ३ लाख ९६ हजार २८९ रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनलाई हेटाैंडा १० बसपार्कबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । पक्राउ परेका थापालाई मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको डीएसपी भण्डारीले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित