हेटौंडामा कला महोत्स हुने भएको छ । मानवसेवा आश्रम समर्पित तीन दिने हेटौंडा कला महोत्सव जेठ ३ गते देखि ५ गते सम्म हुने जानकारी गराइएको हो ।
-------------- बिज्ञापन ---------------
पत्रकार सम्मेलनमा कला व्यवस्थापक दिपेश प्रधानले कला महोत्सवमा सिद्धार्थ हल, भुटनदेवि मन्दिर, पुष्पलाल पार्क, सहिद स्मारक पार्कमा, चित्र कला प्रदर्शनी कार्यपत्र, चित्रकला सिर्जना, खुल्ला चित्रकला कार्यशाला कला संवाद लगायत कार्यक्रम हुने जानकारी दिए ।
हेटौंडा उपमहानगर क्षेत्रका प्राकृतिक तथा सांस्कृतिक सम्पदाहरुसँग राष्ट्रिय र स्थानीय कलाकारहरुको प्रत्यक्ष साक्षात्कार गराई सिर्जनामूलक वातावरण बनाउने उद्देश्यले उक्त महोत्सवको परिकल्पना गरेको उनले बताए ।
उनका अनुसार, प्रत्यक्ष रुपमा चित्रकला प्रदर्शनी करिब २ हजारभन्दा बढी व्यक्तिले हेर्ने, कार्यशाला करिब ३ हजार व्यक्तिले साक्षात्कार गर्नेछ र सामाजिक सञ्जालमार्फत् ५० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको छ ।
सो महोत्सव सिद्धार्थ माविको हलमा उद्घाटन भई भुटनदेवी मन्दिर परिसर, पुष्पलाल पार्क हुँदै सहिद स्मारकमा खुल्ला चित्रकला कार्यशाला हुँदै समापन हुने आयोजकले जनाएको छ ।