अत्याधिक गर्मीका कारण हेटाैंडा १४ मा चार दिन बिद्यालय बिदा

मकवानपुर- हटाैंडा उपमहानगरपालिका वडा नम्वर १४ मा रहेका सामूदायिक तथा संंस्थागत विद्यालय चार दिन बन्द हुने भएको छ ।

-------------- बिज्ञापन ---------------

हेटाैंडामा अत्याधिक गर्मी बढेपछि हेटौंडा–१४ नम्वर वडा कार्यालयले एक सूचना जारी गर्दै वडाभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालय वैशाख २३ गतेबाट चार दिन बन्द हुने जानकारी गराएको हो ।

जारी सूचनामा वैशाख २० गते बसेको वडा शिक्षा समितिको बैठकको निर्णय अनुसार, चार दिन विद्यालय बन्द गर्ने निर्णय गरेको उल्लेख छ ।

अत्याधिक गर्मी र चर्को घामका कारणले गर्दा विद्यार्थीहरुलाई विद्यालय आवत जावत गर्न र कक्षाकोठामा बसेर अध्ययन गर्न कठिनाइ भएकोले उक्त निर्णय गरेको जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित