मकवानपुर – विरगञ्ज महानगरपालिका–२१ हनुमान चोकबाट अवैध लागूऔषध गाँजा करिब १० किलोसहित दुई जना महिलालाई शनिबार बिहान पक्राउ परेका छन ।
-------------- बिज्ञापन ---------------
पक्राउ पर्नेहरूमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२, ठुमको टोल बस्ने ४२ वर्षीया ईन्द्र कुमारी चेवाङ र ३६ वर्षीया फुलमाया स्याङ्बो रहेका छन् ।
प्रहरीका अनुसार, नारायणगढ चितवनबाट वीरगंजतर्फ आँदै गरेको बा.४ ख ५९३७ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरिएको हो ।