मकवानपुर– बागमती प्रदेश सरकारले आजबाट औपचारिक रूपमा तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषाको रुपमा कार्यान्वयन गर्न लागेको हो ।
-------------- बिज्ञापन ---------------
प्रदेश सरकारले नेपाली भाषासहित तामाङ र नेवारी भाषालाई पनि सरकारी कामकाजको भाषाकारुपमा प्रयोग गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेशमा तामाङ र नेवारी समुदायको बाहुल्यता देखियकोले सरकारी कामकाजको भाषाकोरुपमा प्रयोग गर्नु उपयुक्त देखिएको बताए ।
आज काठमाडौंमा विशेष समारोहका बीच प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा सरकारी कामकाजको भाषा घोषणा गर्ने कार्यक्रम तय भएको छ । सो अवसरमा प्रदेश सरकारले सोमबार प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।
प्रदेश मन्त्रिपरिषद्को वैशाख १२ गतेको निर्णयबमोजिम नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई पनि बागमती प्रदेशमा सरकारी कामकाजको भाषाको रूपमा लागू हुने दिनमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोमबार काठमाडौं महानगरपालिकाले पनि महानगर मातहतका सबै विद्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।