बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् । एउटा कार्यक्रमको शिलशिलामा सिन्धुली पुगेका उनको स्वास्थ्यमा समस्या भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको छ ।
-------------- बिज्ञापन ---------------
रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि उनलाई बीच बाटोबाटै काठमाडौं लागिएको हो । प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो ।
जम्मकट्टेलले बिहानैदेखि असहज महसुस भैरहेको बताएका थिए । तर पूर्वनिर्धारित कार्यक्रममा जान भनेर गाडीबाट उनी रामेछाप प्रस्थान गरेका थिए । सिन्धुली पुगेका बेला गाडीभित्रै बान्ता हुनुका साथै अडिन नसक्ने भएपछि उनलाई सामुदायिक अस्पतालमा उपचार गराउने क्रममा पल्स र अक्सिजन एकदमै कम देखिएपछि थप उपचारको लागि काठमाडौं लैजान चिकित्सकले सुझाएका थिए ।
उनको अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भैरहेको र अवस्था सहज नै रहेको उनको सचिवालयले जनाएको छ ।