मकवानपुर- इन्टरनेट प्रदायक संस्था वल्डलङकले हेटौँडामा क्रिकेट खेलाडीहरुको वलिङ् स्पीड मापन प्रतियोगिताको आयोजना गरेको छ । शुक्रबार हेटौँडामा भएको प्रतियोगितामा १५० जना भन्दा बढी खेलाडीहरुले सहभागीता जनाएका छन् ।
-------------- बिज्ञापन ---------------
आउँदो जुनमा अमेरीका र वेष्टइन्डिजमा हुने टी–२० विश्वकपको पुर्व सन्ध्यामा यसप्रकारको प्रतियोगिता गरेको वर्डलिङक हेटौँडा साखाका प्रमुख नविन पौडेलले जानकारी दिए ।
प्रतियोगिताले क्रिकेट खेलमा लागेका हेटौँडाका खेलाडिहरुले आफ्नो क्षमताको बारेमा जाँच गर्ने अवसर पाएको पौडेलको भनाई थियो । प्रतियोगितामा सहभागी अधिकांस खेलाडीहरुको बलको स्पीड १२० किलोमिटर मिटर प्रतिघण्टासम्म मापन गरिएको उनले बताए ।
प्रतियोगितामा १०० भन्दा बढी स्पिडमा बलिङ् गरेका खेलाडिहरुलाई पुरस्कारको समेत व्यवस्था गरिएको थियो । प्रमुख पौडेलले हेटौँडाका खेलाडीहरुको वलिङ् स्पीड राम्रो रहेको बाताउँदै शनिवार यसकिसिमको प्रतियोगिता चितवना हुने बताए ।
पौडेलका अनुसार यसअघि पुर्वि क्षेत्रका जिल्लाहरुमा प्रतियोगिता सम्पन्न भइसकेका छ । यसैगरि अन्य विभिन्न शहरहरुमा पनि क्रिकेट खेलाडहिरुको वलिङ् स्पीड मापन प्रतियोगिता हुदै जाने जानकारी दिए ।
उलने हेटौँडामा क्रिकेट प्रति राम्रो क्रेज भएकाले अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुनमा हुने टी–२० विश्वकपको लाईभ हुपा चौरमा गरिने पनि उनले जानकारी दिए । यसपट नेपाल पनि आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुँदैछ । टी–२० विश्वकपमा नेपाल समूह ’डी’ मा छ । यो समूहमा दक्षिण अफ्रिका, श्रीलङ्का, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् ।
