मनहरीको रुपाचुरीको विद्यालय बनाउन सम्झौता

मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको भवन निर्माणका लागि बिल्डिङ एजुकेसन र मनहरी गाउँपालिकाबीच सम्झौता भएको छ । विद्यालयमै पुगेर गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती र बिल्डिङ एजुकेसनका संस्थापक क्यान्डीको बीचमा सम्झौता भएको हो ।

-------------- बिज्ञापन ---------------

तामाङ र चेपाङ समुदायका बालबालिका अध्ययनरत विद्यालयमा कक्षाकोठाको अभाव रहँदै आएकोले भवन निर्माण हुन लागेको हो । बिल्डिङ एजुकेसनले ५ कोठे भवन निर्माण गर्ने सम्झौतामा उल्लेख छ । ८ कक्षासम्म अध्ययन हुने विद्यालयलाई माध्यमिक तहको बनाउने तयारी रहेको छ । बिल्डिङ एजुकेसनका संस्थापक क्यान्डीले विद्यालयको भवन बनाउने विषयमा गाउँपालिकासँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

अब निर्माणकोे काम समेत सुरु गरिहाल्ने उनको प्रतिबद्धता रहेको थियो । मनहरी गाउँपालिकासँगको सहकार्यलाई जारी राख्ने उनले बताइन् । यता मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले विद्यालयको लागि प्रयोग हुने ढुङ्गा, गिटी, वालुवामा कर छुट गरिने जानकारी दिँदै विद्यालयको स्तरोन्नतीका लागि पालिकाको तर्फबाट सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मनहरी गाउँपालिकाको शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका लागि योजनाबद्ध काम गरिरहेको जानकारी दिए । सगरमाथा आधारभुत विद्यालयमा २९४ विद्यार्थी अध्ययनरत रहेका छन् ।

कार्यक्रममा दीर्घ नेपालका संयोजक ज्योति बानियाँ, बिल्डिङ एजुकेसनको नेपालका लागि संयोजक दिवेश गिरी, स्रोत शिक्षक विदुर थापा सहित जनप्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

यो पनि पढ्नुहोस्

हेटौंडामा अत्याधुनिक पानी परीक्षण प्रयोगशाला सञ्चालनमा

सिद्धार्थ माध्यमिक विद्यालयले स्वर्ण जयन्ती महोत्सव मनाउने

नेपाली कांग्रेसमा सहमतिका प्रयास

आज सुनको भाउ २ लाख ७० हजार ६ सय रुपैयाँमा कारोबार हुदै