हेटाैंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्नेप्रती नेपाल तरूणदलकाे आपत्ति

हेटाैंडा अस्पताललाई वाग्मती प्रदेश सरकारअन्तर्गत् मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभ्ने विषयमा विज्ञप्ति मार्फत नेपाल तरुण दलले  गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ ।

-------------- बिज्ञापन ---------------

नेपाल तरुण दल जिल्ला अध्यक्ष लिलाराज सापकोटा (सन्तोष) र तरुण केन्द्रीय सदस्य गुरुप्रसाद दाहाल (गोपी) ले संयुक्तरुपमाम विज्ञप्ति जारी गर्दै स्थानीय तथा प्रदेश सरकारको गठन भएसँगै ‘रिफर सेन्टर’को रुपमा रहेको हेटौंडा अस्पतालको सेवामा केही परिवर्तन भइरहेको अवस्थामा प्रदेश सरकारले एक्कासी हेटौंडा अस्पतालको इतिहास मेटाउने गरी प्रतिष्ठानमा विलय गराउने तयारीप्रति ध्यानाकर्षण भएको जनाएको हाे ।

‘राज्यको ठूलो सम्पत्ति, आफ्नै अस्तित्व र गरिमा रहेको तथा दैनिक २ हजारभन्दा बढी नागरिकले उपचार सेवा पाइरहेको हेटौंडा अस्पताललाई प्रतिष्ठानमा गाभ्ने र अस्तित्व नै नामेट पार्ने गरी भइरहेको गतिविधिको हामी घोर भर्त्सना गर्दछौं ।’, विज्ञप्तिमा उल्लेख छ ।
हेटौंडा अस्पतालको भौतिक संरचना र अस्तित्वलाई कायम राख्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको आफ्नै छुट्टै संरचना निर्माण गरी हेटौंडामै सर्वसुलभरुपमा चिकित्सा शिक्षा पढाउने वातावरण निर्माण गर्न तरुण दल आवश्यक सहयोग गर्ने विज्ञप्तिमार्फत् प्रतिबद्धता समेत जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने