मकवानपुरको मनहरी गाउँपालिकामा नेपाली कांग्रेसको अगुवा कार्यकर्ता भेला भएको छ । कांग्रेस मनहरी गाउँपालिका सभापति प्रकाश बर्तौलाको अध्यक्षता एवम् कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा मनहरी ९ स्थित रजैयामा अगुवा कार्यकर्ता भेला भएको हो ।
-------------- बिज्ञापन ---------------
भेलामा पार्टी र जनप्रतिनिधिबीच सम्बन्ध, विद्यमान स्थानीय समस्या, गाउँपालिकाले बनाउने बजेट र पार्टीको भावी रणनीति बारे गाउँपालिकाका जनप्रतिनिधि र वडा सभापतिहरुले धारणा राखेका थिए । प्रमुख अतिथि बानियाँले अगुवा कार्यकर्ता र जनप्रतिनिधिले उठाएका समस्या, जिज्ञासा र पार्टीको आगामी रणनीतिबारे जवाफ दिएका थिए ।
कार्यक्रममा कांग्रेस मकवानपुर सभापति बुद्ध लामा, जिल्ला अनुशासन समिति संयोजक प्रभातकुमार दाहाल, मकवानपुर प्रतिनिधि सभा २ को प्रदेशसभा ‘ख’ क्षेत्रीय सभापति रञ्जन कालाखेती, महासमिति सदस्यद्वय राजेश भेटवाल र जनकराज उप्रेती, बागमती प्रदेश सदस्य जानुकी लामा, जिल्ला सदस्यहरु चन्द्रप्रसाद न्यौपाने, कमला मैनाली, नवराज खतिवडा, महाधिवेशन प्रतिनिधि शंकर न्यौपाने, लोकतान्त्रिक आदिवासी जनजाति महासंघ मकवानपुरका अध्यक्ष पदम तितुङलगायतको आतिथ्यता रहेको थियो ।