आज हेटौंडामा प्रादेशीक खाद्य प्रणाली समिक्षा तथा योजना तर्जुमा गोष्ठि सम्पन्न भएकाे छ । बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री राजेन्द्र मान श्रेष्ठले उद्घाटन गर्नुभएकाे थियाे । राष्ट्रिय योजना आयोग, संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालय, बागमती प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको आयोजनामा गोष्ठि भएको हो ।
-------------- बिज्ञापन ---------------
कार्यक्रममा मन्त्रालयका दशौ तहका अधिकृत भरत प्रसाद बिडारीले नेपालमा खाद्य प्रणालीको रुपान्तरणमा गरिएका पहल, बागमती प्रदेशमा खाद्य प्रणाली सम्वाद, चालु आर्थिक वर्षमा भएका क्रियाकलाप र कार्यान्वयनको अवस्थाका विषयमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रम प्रदेशको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिब राजेन्द्र कोइरालाको अध्यक्षतामा भएको हो ।