सगरमाथा आधारभुत विद्यालयको निर्माण शिलान्यास

मकवानपुरको मनहरी गाउँपालिका ६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको निर्माण हुन लागेको ६ कोठे भवनको शिलान्यास गरिएको छ ।

-------------- बिज्ञापन ---------------

विकटमा रहेको विद्यालयको लागि बिल्डिङ एजुकेसन र एक अर्थ फाउण्डेसनले निर्माण गर्न लागेको भवनको बिहीबार बागमती प्रदेश सांसद् ईन्द्रबहादुर बानियाँ, मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेती लगायतले शिलान्यास गरेका हुन् ।

८ कक्षासम्म पढाई हुने विद्यालयमा कक्षाकोठाको अभाव रहेकोले भवन निर्माण गर्न लागेको बताइएको छ । सगरमाथा आधारभुत विद्यालयलाई माध्यमिक तहसम्म सञ्चालन गर्ने योजनालाई सघाउने उद्देश्यले भवन निर्माण गर्न लागेको एक अर्थ फाउण्डेसनका अध्यक्ष कोविद् बानियाँले बताए ।

अब भवन निर्माणको काम सुरु गरिने उनले बताए । भवन निर्माणका लागि केही दिन अघि बिल्डिङ एजुकेसन र मनहरी गाउँपालिकाबीच विद्यालयमै सम्झौता भएको थियो । प्रदेश सांसद् बानियाँले कोही पनि बालबालिका शिक्षाबाट बञ्चित हुन नहुने धारणा राखे । मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाले समेत विद्यालयको लागि आवश्यक सहयोग गर्न तयार रहेको बताए । विद्यालयले अब १० कक्षा सम्म अध्यापन गराउने योजना बनाएको छ । ८ सम्म मात्रै पढाई हुँदा यहाँका विद्यार्थी घण्टौं समय खर्चेर, कोठा भाडामा लिएर मनहरीसम्म गएर पढ्न बाध्य रहेका छन् ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष बीरबहादुर लामाको अध्यक्षतामा भएको कार्यक्रममा कार्यपालिका सदस्य राममाया नगरकोटी, वडा सदस्य पवित्रा विश्वकर्मा, नेपाली कांग्रेसका महासमिति सदस्य राजेश भेटवाल, महाधिवेशन प्रतिनिधि जनक उप्रेती, गाउँपालिका सभापति प्रकाश बर्तौला, वडा सभापति भीमसेन लामा लगायतको आतिथ्यता थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने