चितवन राष्ट्रिय निकुञ्जबाट आएको हात्तिले आक्रमणगरी मनहरीमा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-६ प्रतापपुरका ५५ बर्षीय कालेबहादुर राई रहेका छन् ।
-------------- बिज्ञापन ---------------
जंगलमा भैंसी चराउन गएको अवस्थामा हात्तिको आक्रमणबाट उनको मृत्यु भएको जनाईएको छ । काले बहादुरसहित ३ जना निकुञ्जमा भैसी चराउन गएको र हात्तिले आक्रमण गर्दा उनको मृत्यु भएको स्थानीय बताएको प्रहरीले जनाएको छ ।
भागेर बाँच्न सफल भएका बाँकी गोठालाहरुले घटनाबारे नेपाली सेनाको नयाँ सबुज गण बंकर पोष्ट सुनाचुरीमा जानकारी गराएका थिए । खबर प्राप्त हुन साथ इलाका प्रहरी कार्यालय मनहरीको टोली घटनास्थल पुगेको थियो । हात्ति यसै क्षेत्रमा रहेकाे हुँदा स्थानिय बािसन्दामा सावधानि अपनाउन भनिएकाे छ ।