क्यालिबर एकेडेमी एण्ड करिअर एसोसिएट्स कन्सल्टेन्सीको शाखा हेटौंडामा सन्चालनमा आएको छ । विगत ५ वर्ष देखि काठमाडौंमा सञ्चालित क्यालिबर एकेडेमी कन्सल्टेन्सीको शाखा हेटौडामा विस्तार गरिएको हो ।
-------------- बिज्ञापन ---------------
पढाईको शिलशिलामा विदेशिनेको संख्या बढिरहेको समयमा यस कन्सल्टेन्सीले पुलको काम गर्ने दावी गरिएको छ । क्यालिबर एकेडेमीले यहाँबाट पठाउने मात्र नभैइ विदेशमा पुगिसके पछि पनि कुनै समस्या भएमा अभिभावकको भूमिका निर्वाह गर्ने बताइएको छ ।
यस कन्सल्टेन्सीले विश्वका १०० भन्दा बढि मुलुकहरुमा जुन सुकै भिजामा छिटो छरितो सेवा दिने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ ।भिमसेन गाेला काठमाडौमा रहेको क्यालिबर कन्सल्टेन्सीले बार्षिक ५० जना भन्दा बढिलाई विदेश पठाउदै आएको संस्थाका अफिसर सानु पौडेलले बताइन् ।
विशेषगरी प्लस टु पुरा गरेर क्यानडा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुका लागि उत्कृष्ट कन्सल्टेन्सीका रुपमा क्यालिबर रहेको दावी गरिएको छ । यस कन्सल्टेन्सीले वैदेशिक अध्ययनमा जान चाहने विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा तयारी कक्षा समेत सञ्चालन गर्दै आएको र हेटौंडामा कार्यालय स्थापना गरिएसंगै सबैको चाहाना अनुसार काम गरिने एसोसिएट्स हेटौंडाका निर्देशक आशिष दुलालले बताए । क्यालिबर एकेडेमी एण्ड करिअर एसोसिएट्स कन्सल्टेन्सीको शाखा कार्यालय हेटौंडाका सन्चालक देवराज पन्त रहेका छन् ।