अमेरिका र बङ्ग्लादेशबीचको टी–२० क्रिकेट शृङ्खला जेठ ८ मंगलबारदेखि शुरु हुँदै

तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला मंगलबारदेखि शुरु हुँदैछ । बङ्ग्लादेश र अमेरिकाबीचको यो खेल हस्टनमा बेलुका ८ः४५ बाट शुरु हुनेछ । पर्सि बिहीवार शृङ्खलाको दोस्रो खेल र शनिवार अन्तिम तथा तेस्रो खेल हुनेछ ।

-------------- बिज्ञापन ---------------

मोनान्क पटेलले अमेरिकाको र लिटन दासले बङ्ग्लादेशको कप्तानी गर्दैछन् । दुवै टोलीका लागि आईसीसी टी–२० विश्वकप क्रिकेट अगाडि यो शृङ्खला निकै महत्त्वपूर्ण रहेको छ । अमेरिका र वेस्ट इन्डिजमा आउँदो जुन २ तारिखदेखि नवौँ संस्करणको टी–२० विश्वकप शुरु हुँदैछ ।

सबै देशले प्रतियोगिताका लागि टोली घोषणा गरिसकेका छन् तर पाकिस्तानले भने प्रतियोगिताका लागि टोली घोषणा गर्न बाँकि रहेको छ । चार वटा समूहमा राखिएको प्रतियोगितामा २० वटा देश सहभागी छन् । उद्घाटन खेलमा क्यानडा र अमेरिकाबीच जुन १ मा प्रतिस्पर्धा हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

यो पनि पढ्नुहोस्

लालपुर्जा समस्या समाधानका लागि नीतिगत पहल गर्ने विजय गौतमको प्रतिबद्धता

कांग्रेसको निर्णयपछि देश निर्वाचनमयः नेतृ महालक्ष्मी उपाध्याय डिना

निर्वाचन नजिकिँदै गर्दा नेकपामा आन्तरिक द्वन्द्व चर्किदै

इंग्ल्यान्डसँग नेपाल ४ रनले पराजित