डब्ल्यूएचओ प्रमुखद्धारा इजरायललाई गाजामा सहायता आपूर्ति प्रतिबन्ध हटाउन आग्रह

गाजामा चिकित्सा सहायता आपूर्तिमा प्रतिबन्ध हटाउन विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुख टेड्रोस एड्हानोम गेब्रेयससले इजरायललाई आग्रह गरेका छन् । झन्डै सात सय जना गम्भीर बिरामी फसेका बताउँदै उनले गाजाको युद्ध क्षेत्रमा चिकित्सा सहायता सामग्रीको अभावलाई तत्काल सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराएका हुन् ।

-------------- बिज्ञापन ---------------

डब्ल्यूएचओ प्रमुख टेड्रोसले जेनेभामा पत्रकार सम्मेलनमा इजिप्टबाट गाजामा प्रवेश गर्ने सीमा क्षेत्र दुई हप्तादेखि बन्द हुँदा आपत्कालीन स्वास्थ्य आपूर्तिका लागि गाजामा प्राथमिक पाइपलाइन समेत काटिएको बताएका हुन् ।

गाजाको अस्पताल परिसर र वरपरका क्षेत्रमा देखिएको तनावले त्यहाँको बिरामीलाई अस्पतालको पहुँचसम्म पुग्न गाह्रो बनाएको र चिकित्सा सेवा क्षमतालाई प्रभावित गरेको बताउँदै उनले गाजामा कहालीलाग्दो अवस्था रहेको उल्लेख गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

यो पनि पढ्नुहोस्

कैलाश गाउँपालिकामा पहिलो पटक शैक्षिक प्रदर्शनी

सुनको भाउ आज सामान्य बढ्यो

एनपीएलमा अाज काठमाडौं गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

सर्वोत्तमको १९ औँ वार्षिक साधारण सभा मसिंर २६ र २७ मा हुने