[t4b-ticker]

आगामी आर्थिक वर्षको बजेट जेठ १५ गते मंगलबार दिउँसो १ बजे नै प्रस्तुत हुने

जेठ १५ गते मंगलबार दिउँसो १ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत हुने भएको छ । जेठ १३ गते आइतबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले मंगलबार दिउँसो १ बजे संघीय संसदको संयुक्त बैठक आर्थिक वर्ष २०८१÷०८२ को राजस्व र व्यायको वार्षिक अनुमान पेश गर्नुपर्ने प्रयोजनका लागि बस्ने जानकारी गराएका छन् ।
त्यसका लागि उनले १ बज्नु भन्दा १५ मिनेट अगाडि नै प्रतिनिधिसभा सदस्यहरुलाई संसदमा उपस्थित भइसक्न आग्रह गरेका छन् । संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था संविधानको धारा ११९ अनुसार रहेको छ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछन् ।
यस वर्ष विगतमा भन्दा चाँडै संसदको बैठक बोलाएर बजेट प्रस्तुत गर्न लागिएको हो । अघिल्ला वर्षहरुमा भने अपरान्हतिर मात्र संसदमा बजेट प्रस्तुत गर्ने प्रचलन थियो ।

-------------- बिज्ञापन ---------------

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

यो पनि पढ्नुहोस्

बस दुर्घटना हुँदा ४ जनाकाे मृत्यु

आईसीसी क्रिकेट विश्वकप लिग–२ एकदिवसीय त्रिदेशीय शृङ्खलामा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित

मकवानपुरगढीमा अर्गानिक टनेल खेतीसम्बन्धी कृषक पाठशाला तालिम सुरु

महिलालाई आत्मनिर्भरतर्फ उन्मुख गराउन हेटौँडामा १५ दिने बुनाइ तालिम सुरु