मकवानपुर– जेठ १३ गते आइतबार काठमाडौंमा नेपाली कांग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सहकारी ठगी प्रकरणमा सहकारीको वचत फिर्ता, संसदीय छानबिन समिति गठन लगायतका विभिन्न माग राखेर कांग्रेसले काठमाडौंको सडकमा प्रदर्शन गरेको हो ।
कांग्रेसका नेता कार्यकर्ताले प्रदर्शनी मार्गमा भेला हुनुअघि प्रदर्शनीमार्ग नजिकका विभिन्न ठाउँबाट ¥याली निकालेका थिए । गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारीको वचत रकम अपचलनमा संसदीय छानबिनको माग राख्दै कांग्रेसले प्रदर्शनी गरेको हो ।
यस्तै कांग्रेसले संसदमा बोल्दा गृहमन्त्री रवि लामिछानेले कांग्रेस नेताहरुमाथि लगाएको विभिन्न आरोपको विषयमा छानबिन गर्न पनि माग गरेको छ ।
-------------- बिज्ञापन ---------------