बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले हेटौंडामा रक्तदान तथा स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न भएकोछ । गणतन्त्र दिवस २०८१ को अवसरमा रक्तदान तथा स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना भएको हो ।
-------------- बिज्ञापन ---------------
हातेमालो बचत सहकारी संस्थाको समन्वयमा भएको रक्तदानमा २८ जनाले रक्तदान गरेका थिए । बागमती प्रदेश स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठको उपस्थितिमा रक्तदान कार्यक्रम भएको हो । रक्त सञ्चार केन्द्रमा रगतको अभाव नहोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वास्थ्य मन्त्री श्रेष्ठले बताए । रगत दान भन्दा ठूलो अरू दान हुन नसक्ने भन्दै उनले तीन तीन महिनामा रक्तदान गर्दा स्वस्थ हुने दावी गरे ।
कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, प्रवक्ता डा. खगेश्वर गेलाल, सूचना अधिकारी डा.रविन भुसाल लगायको आतिथ्यता रहेको थियो । हातेमालो सहकारीको १८ औं स्थापना दिवसको अवसर समेत भएकाले रक्तदानमा सहकार्य गरिएको सहकारीका सचिव सिताराम दाहालले बताए ।