नेपाल पत्रकार महासंघ वाग्मती प्रदेशमा नेपाल प्रेस युनियन वाग्मती प्रदेश समितिद्वारा तालाबन्दी

नेपाल प्रेस युनियन वाग्मती प्रदेश समितिले नेपाल पत्रकार महासंघ वाग्मती प्रदेश समितिमा तालाबन्दी गरेको छ । सदस्यता शुद्धिकरणको विषयमा देखिएको अन्यौलताको अन्त्य र क्रियाशील सञ्चारकर्मीलाई सदस्यताबाट बञ्चित गर्न लागिएको भन्दै प्रेस युनियन वाग्मती प्रदेशका उपाध्यक्ष सुजन विडारी, सदस्य गंगा पौडेल तथा मकवानपुर जिल्ला अध्यक्ष सुवास विडारीसहितको युनियनकर्मीको टोलीले मंगलबार हेटौंडा–११ स्थित महासंघमा तालाबन्दी गरेको हो ।

-------------- बिज्ञापन ---------------

‘महासंघको निर्वाचन जेठ २६ गतेका लागि तोकिएको भएतापनि केन्द्रले अझैसम्म सदस्यता सार्वजनिक गरिएको छैन ।
युनियन मकवानपुर अध्यक्ष विडारीले भने,‘ सदस्यता शुद्धिकरणको नाममा युनियनकर्मीलाई जिल्ला, प्रदेश र केन्द्रबाट उपेक्षा गरिएका कारण हामी तालाबन्दी गर्न बाध्य भएका हौं ।’ उनले सदस्यता शुद्धिकरणको नाममा कुनै पनि क्रियाशील सञ्चारकर्मीलाई महासंघको सदस्यताबाट बञ्चित गर्न नहुनेमा स्पष्ट पारे ।

महासंघले सञ्चालन गरेको सदस्यता शुद्धिकरणको विषयका कारण अहिले देशभरका सञ्चारकर्मी आन्दोलित भएका छन् । महासंघको नयाँ नेतृत्व चयनका लागि निर्वाचन जेठ २६ गतेका लागि तोकिएपनि अझैसम्म निर्वाचन कार्यतालिका सार्वजनिक भएको छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

ताजा खबरहरु

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

यो पनि पढ्नुहोस्

कान्तिलोकपथ सडक खण्डमा मिनि ट्रक दुर्घटना

करदाता सेवा कार्यालय खारेज, अब स्थानीय तहबाटै स्थायी लेखा नम्बर प्रमाणपत्र

फागुन ११ गतेदेखि राहदानी अभावको समस्या हट्ने

विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको अधिकार दिन चार वटा कानूनमा संशोधन गर्नुपर्ने